Logo

इंग्ल्यान्डको एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा लज्जास्पद हार



Spread the love

२१ साउन, काठमाडौं । अष्ट्रेलियासँगको एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा इंग्ल्यान्डले २ सय ५१ रनको लज्जास्पद हार व्यहोरेको छ । हालसम्म पाँच खेलको टेस्ट सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको हो ।

३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड पाँचौ दिन ५२.३ ओभरमा १ सय ४६ रनमा अल आउट भएपछि ठूलो अन्तरको पराजय ब्यहोर्न पुगेको हो । इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक ३७, जोसन रोय र कप्तान जो रुटले समान २८ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नाथन लायनले २० ओभरमा ५ मेडन सहित ४९ रन खर्चेर ६ विकेट हात पार्दा प्याट कमिन्सले ४ विकेट लिएका छन् ।

त्यसअघि चौथो दिन दोस्रो इनिङमा अष्ट्रेलियाले १ सय १२ ओभरमा ४८७-७ को अवस्थामा इनिङ सकाएको थियो । स्टिभ स्मिथ २ सय ७ बलको सामना गर्दै १ सय ४२ रनको योगदान दिए । त्यस्तै , म्याथ्यु वेडले पनि १ सय ४३ बलको सामना गर्दै १ सय १० रन जोडे । जेम्श प्याटीन्सन ४८ बल खेल्दै ४७ रनमा नटआउट रहे । प्याट कमिन्स २६, कप्तान टिम पेन ३४, ट्राभिस हेड ५१ र उस्मान खवाजाले ४० रन जोडे ।

इंग्ल्यान्डका वेन स्टोक्सले ३ र मोइन अलीले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्