Logo

महासचिव पौडेलले भने- गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई फकाउने जिम्मा म लिन्छु



Spread the love

 

२१ साउन, बुटवल l सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाइभर्सन निर्माणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई फकाउने जिम्मा स्वयंले लिने बताएका छन् ।

महासचिव पौडेल बुटवलमा आउँदा गर्ने आफ्ना हरेक भाषणमा कालिगण्डकी–तिनाउ डाइभर्सनलाई छुटाउँदैनन् । कालिगण्डकी तिनाउ डाइभर्सनको विरोध गर्दै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पाल्पा तथा स्याङजाका स्थानीयबासीलाई फकाउने जिम्मा स्वयंले लिएको महासचिव पौडेलले बताए l

बुटवल कालिका क्याम्पस भवन शिलान्यासपछि पौडेलले भने, ‘४ नम्बर प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको मैले पनि सुनेको छु । तर उहाँहरूलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो ।’

पौडेलले अघि भने, ‘उहाँहरूको चिन्ता तल्लो तटीय क्षेत्रहरूमा पानीको मात्रा नघटोस् भन्ने हो, त्यसको विकल्पमा हामी दिन्छौँ र डाइभर्सन गराएरै छाड्छौँ ।’

कालिगण्डकी तिनाउ डाइभर्सनको डीपीआर यो वर्षको अन्त्यसम्म तयार हुने बताउँदै उनले तिस किलोमिटर सुरुङ खन्नुपर्ने भएकाले निर्माण हुन भने समय लाग्ने बताए ।

पाल्पाको सिद्धबाबा क्षेत्रको १.३ किमी सडकमा सुरुङ मार्ग निर्माणको काम पनि चालु आर्थिक वर्षभित्रै सुरु हुने महासचिव पौडेलले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्