Logo

दक्षिण अफ्रिकाका तीब्र गतिका बलर स्टेनद्वारा सन्न्यासको घोषणा



Spread the love

२१ साउन, काठमाडौं । दक्षिण अफ्रिकाका तीब्र गतिका बलर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।सोमवार ३६ वर्षिय स्टेनले टेष्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

स्टेनले करिअरको अधिकांश समय चोटको सामना गर्नु पर्यो । हालै मात्र इंग्ल्यान्डमा सम्पन्न एक दिवसिय विश्वकपबाट पनि अन्तिम समयमा चोटले सताउँदा बाहिरिनु परेको थियो ।

सन् २००४ मा इंग्ल्यान्डविरुद्ध टेष्टमा स्टेनले डेब्यू गरेका थिए । उनले ९३ टेष्टको १ सय ७१ इनिङमा कुल ४ सय ३९ विकेट लिएका छन् । स्टेनले १ सय २४ वान डे खेलमा १ सय ९६ विकेट हात पारेका छन्। त्यस्तै, ४४ टि२० मा ६१ विकेट स्टेनको नाममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्