Logo

प्रशिक्षणका लागि किरण चेम्जोङ जापान प्रस्थान गर्ने



Spread the love

२१ साउन, काठमाडौं । बुधबार नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ जापान प्रस्थान गर्ने भएका छन् । जापानको  फुजिएदा माएफुसीमा प्रशिक्षणका साथै एनपीओ रियलको हिरो टु हिरो प्रोजेक्टको कार्यक्रममा भाग हुन किरण त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

फुजिएदामा रहेर किरणले झन्डै ३ साता प्रशिक्षण गर्ने भएका छन् । किरणको प्रशिक्षण राम्रो भएको खण्डमा अर्को सिजनका लागि उनलाई त्यहीं रहेर खेल्ने मौकाको पनि सम्भावना रहेको छ ।

किरणले जापानमा गत महिना मात्र नेपालमा सुरु भएको ‘हिरो टु हिरो’ प्रोजेक्टका कार्यक्रममा पनि सहभागिता जनाउने छन् । नेपाली फुटबलको विकासमा कदम चाल्ने लक्ष्यसहित जापानी संस्था एनपीओ रियल वर्ल्डले यो कार्यक्रम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्