Logo

विप्लव समुहका वार्ता पक्षधर नेता कार्की रिहा



Spread the love

२१ साउन, काठमाडौं । ०७५ चैत १ गते पक्राउ परेका प्रतिबन्धित विप्लव समुहका वार्ता पक्षधर नेताका रुपमा चिनिने नेता मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् ।

कार्कि, अभद्र व्यवहारसम्बन्धी आरोपमा प्रहरी नियन्त्रणमा रहेका थिए । काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए अनुसार, उनीविरुद्ध चलेको अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि उनलाई दुई दिन अघि नै
थुनामुक्त गरिएको हो ।

सरकारद्वारा विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्चस्तरका नेता पनि पक्राउ परेका थिए । अन्य नेता थुनामै रहेका बेला कार्की मात्रै रिहा भएका हुन ।

अरु नेता थुनामै भएका बेला कार्की रिहा हुनुलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्