Logo

बार्सिलोनाका लागि विगतजस्तै यस सिजन पनि सुआरेज आक्रमकरुप प्रस्तुत हुँदै



Spread the love
 

२० साउन, काठमाडौं । आइतबार राती बार्सिलोनाले आर्सनललाई पराजित गर्दै जोआन गाम्पर ट्रफी हात पारेको छ । बार्सिलोनाको जितको लागि लुइस सुआरेजले इन्ज्युरी समयमा गरेको गोलनै पर्याप्त रह्यो ।

सुआरेज ६५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । उनले अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाको जित पक्का गरे । यसअघि पनि सुआरेजले पटक पटक अन्तिम समयमा गोल गर्दै बार्सिलोनालाई जितसम्म डोर्याएका छन् ।

कोपा अमेरिकामा सहभागिता जनाएपछि केहि ढिला प्रशिक्षणमा सामेल भएका सुआरेजले यस गोलसँगै आफू नयाँ सिजनको लागि तयार रहेको संकेत देखाएका छन् । विगतजस्तै यस सिजन पनि मेस्सीसँग सुआरेज आक्रमणमा हुनेछन् भने उनलाई फरवार्ड एन्टोइन ग्रिजमनको साथ पनि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्