Logo

ब्राजिलले हटायो नेइमारलाई कप्तानी पदबाट



Spread the love

२० साउन, काठमाडौं । फरवार्ड नेइमारलाई राष्ट्रिय फुटबल टोलीको कप्तानबाट हटाएको छ। आगमी महिनामा हुने कोपा अमेरिका फुटबल प्रतियोगितामा डिफेन्डर ड्यानी अल्भेसले ब्रजिलको कप्तानी गर्ने भएका छन् ।

८ महिनाअघि २७ वर्षीय फरवार्ड नेइमारलाई कप्तानको जिम्मेवारी सुम्पेको थियो। तर, अनुसासनका कारण उनलाई कप्तानबाट हटाइएको प्रशिक्षक टिटेले बताएका छन्।

अल्भेसले कोपा अमेरिकाअघि कतार र होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा पनि ब्राजिलबाट कप्तानीमा गर्नेछन्। ४६ औं संस्करणको कोपा अमेरिकाको उद्घाटन खेल १४ जुनमा आयोजक ब्राजिल र बोलिभियाबीच प्रतिस्पर्धा हुनेछ।

आगमी १४ जुनदेखि ७ जुलाई सम्म हुने कोपा अमेरिका २०१९ फुटबल प्रतियोगिताका लागि ब्राजिलले राष्ट्रिय टिम घोषणा गरिसकेको छ।

कोपा अमेरिकामा यसपटक १२ टोलीले सहभागिता जनाउने छ । एसियाका जापान र कतारलाई आमन्त्रित टिमको रुपमा कोपा अमेरिकामा स्थान दिइएको छ। यी बाहेक १० वटा दक्षिण अमेरिकी टिमबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्