Logo

पठान सहितका क्रिकेटरलाई कश्मिर छाड्न सरकारको आदेश



Spread the love

भारत, २० साउन । पर्यटकपछि क्रिकेट खेलाडीहरूलाई कश्मिर छाड्न भारत सरकारले आदेश दिएकाे छ । कश्मिरको सुरक्षालाई ध्यानमा राख्दै जम्मु कश्मिर एसोसियशनले जम्मू कश्मिर क्रिकेट टोलीका प्रशिक्षक एवं पूर्व अलराउण्डर इरफान पठानसहित अन्य क्रिकेट खेलाडीहरूलाई कश्मिर छाड्न आदेश दिएकाे हो ।

भारतको गृहमन्त्रालयले कश्मिर उपत्यकामा एकसाता अगाडि १०० कम्पनी तैनाथ गर्ने आदेश दिएपछि तीर्थयात्री र पर्यटकपछि क्रिकेट खेलाडीलाई यस्तो आदेश दिएको हो। यस्तो आदेश दिएपनि गृह मन्त्रालयले नियमित प्रक्रिया भनेर स्पष्टिकरण दिएको छ।

कश्मिरको सुरक्षा मजबुत भएपश्चातमात्र उनीहरूले कश्मिर फर्किन पाउने छन्। उनीहरूले हाल प्रिसिजनको प्रशिक्षण गरिरहेका थियो।

प्रतिक्रिया दिनुहोस्