Logo

महाराजका दासहरू सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ : अध्यक्ष प्रचण्ड



Spread the love

१९ साउन, काठमाडौँ l पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् ।

वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले उक्त अभिव्यक्ति दिएका हुन् ।

शनिवार काठमाडौँमा भएको एक कार्यक्रममा सहभागिता जनाउँदै राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने मन्तव्य राखेको भोलिपल्ट अध्यक्ष प्रचण्डले कमल थापाप्रति इंगीत गर्दै भने ‘जन्दगीभर तानाशाहहरूको चाकरी गर्नेहरूले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेका छन् ।’

महाराजाका केही दासहरूले व्यवस्था नै फेर्ने भन्दै बकबक गरिरहेको बताउँदै अध्यक्ष प्रचण्डले चेतावनीको भाषामा भने ‘महाराजका दासहरू सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ l

 

प्रतिक्रिया दिनुहोस्