Logo

सरकारले प्रधानमन्त्रीलाई उपचार खर्च दिँदैनन् : संचारमन्त्री बाँस्कोटा



Spread the love

१९ साउन, काठमाडौँ l प्रधानमन्त्री आफैले सिङ्गापुरको उपचार खर्च व्यहोर्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उपचारका लागि गए राति सिङ्गापुर गएका प्रधानमन्त्रीको टिकट खर्च मात्रै सरकारले व्यहोर्ने बताए ।

सरकारले विदेशमा उपचार गर्न जानेलाई उपचार खर्च नदिने कार्यविधि बनाएको सम्झाउँदै संचारमन्त्री बाँस्कोटाले भने, ‘आफ्नो उपचार प्रधानमन्त्री स्वयम्ले व्यवस्थापन गर्नुहुन्छ । प्रधानमन्त्री र परिवारको सदस्यको हकमा सबै उहाँहरूकै खर्च हो यसमा कुनै अलमल वा भ्रम छैन ।’

यस्तै संचारमन्त्री बाँस्कोटाले कर्मचारी संयन्त्र बाहेक अरू कसैको टिएडिए स्वीकृत नगरिएको पनि जानकारी गराएका छन् । उनले भने, ‘सरकारी कर्मचारीको खर्च, हवाई खर्च, बसोबास खर्च सरकारले स्वीकृत गरेको छ । बाँकी सबै निजी खर्च हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्