Logo

डेब्यू खेलमै सैनीको कीर्तिमान



Spread the love

१९ साउन, काठमाडौं । वेस्ट इण्डिज भ्रमणमा रहेको भारतले पहिलो खेलमा वेस्ट इण्डिजमाथि ४ विकेटको जित निकालेको छ। भारतको जितमा बलरहरूको योगदान महत्वपूर्ण रहँदा ब्याटस्म्यानहरू भने सोचे अनुरुपको प्रदर्शन गर्न सकेनन् ।

भारतका लागि पहिलो अन्तराष्ट्रिय खेल खेलिरहेका बलर नवदीप सैनीका लागि भने यो खेल अविस्मरणिय रह्‍यो। उनले डेब्यू खेलको पहिलो ओभरमा छक्का खाएपनि लगातार दुई विकेट झर्दै वेस्ट इण्डिजको इनिङलाई धराशायी बनाएका थिए । उनले कुल ३ विकेट हात पारे । उनले पारीको अन्तिम ओभरमा नयाँ कीर्तिमान समेत बनाएका छन् ।

अर्धशतक बनाउनबाट मात्र १ रनले चुकेका किरोन पोलार्डलाई सैनीले एक रन पनि जोड्न नदिई एलबिडब्लु गराइदिए। जसका कारण इण्डिजको पूरा इनिङ् ९५ मा समेटियो।

सैनी टि-२० खेलको अन्तिम ओभरमा मेडन फ्याँक्ने पहिलो भारतीय खेलाडी बने। ३ खेलाडीले यो काम गरिसकेको भएपनि नवदीप सैनी डेब्यू खेलमा यस्तो गर्ने पहिलो खेलाडी भएका छन्।

प्रतिक्रिया दिनुहोस्