Logo

आज लिभरपुल र म्यानचेष्टर सिटी आमने सामने हुँदै



Spread the love

१९ साउन, काठमाडौं । प्रिमियर लिग फुटबलको शीर्षस्थानका लागि भिडेका लिभरपुल र म्यानचेष्टर सिटीबीच आज प्रतिस्पर्धा हुँदैछ। एफए कम्युनिटी सिल्डका लागि सिटी र लिभरपुल आमने सामने हुन लागेको हो ।

खेल लन्डनस्थित वेम्ली स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ । प्रिमियर लिगको अन्तिम खेलमा सिटी च्याम्पियन हुँदा लिभरपुल १ अंकले पछाडी रहेको थियो ।

आज यी दुई टोलीबीचको प्रतिस्पर्धा निक्कै रोचक हुने अनुमान गरिएको छ । सिटी सुखद यात्रा तय गर्ने रणनीतिमा रहँदा लिभरपुल पछिल्लो हारको बदला लिने योजनामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्