Logo

एट्लेटिको मड्रिड मैत्रीपूर्ण खेलमा विजयी



Spread the love

१९ साउन, काठमाडौं । मैत्रीपुर्ण खेलमा डि सान लुइसविरुद्ध स्पेनिस क्लब एट्लेटिको मड्रिड बिजयी भएको छ । गएराति प्रि–सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा एट्लेटिको २–१ को गोलअन्तरले विजयी भएको हो ।

डी सान लुइसमाथि जित निकाल्न एट्लेटिको मड्रिडका सर्गियो कामेलोको गोलसंगै भएको आत्मघाती गोलनै पर्याप्त रह्यो । खेलको ११ औं मिनेटमा पछि परेको एट्लेटिको मड्रिडले ७२ औं मिनेटमा बराबरी गोल फर्कायो ।

इबानेजले सान लुइसलाई दिलाएको अग्रता ७२ औं मिनेटमा सर्गियोले गोल गर्दै बराबरीमा ल्याएका थिए । बराबरीपछि आक्रमक बनेको दुबै टिममध्य एट्लेटिको जित निकाल्न सफल भयो । ८४ औं मिनेटमा लुइसका जुवान एन्टोनियोले आत्मघाती गोल गरेसंगै एट्लेटि २–१ ले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्