Logo

आयक्सका मिडफिल्डरलाई अब रियलले भित्र्याउने



Spread the love

१९ साउन, काठमाडौं । आयाक्सका मिडफिल्डर डोनी भान डे बिकसँग स्पेनिस महारथी रियल म्याड्रिडले सम्झौता गरेको छ । लामो समयदेखि पछ्याएको युवा मिडफिल्डरसँग रियलले व्यक्तिगत सम्झौता गरेको हो । अब क्लबले भने आयाक्ससँग ट्रान्सफर रकमको सम्झौता गर्न बाँकी रहेको छ ।

आयाक्सलाई पछिल्लो सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनल पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका भान डे बिकले प्रि-सिजनमा रियलको प्रदर्शन हेरेपश्चात क्लबसँग सम्झौता गर्ने निर्णय गरेका हुन् ।

दुई क्लबबीच ५० मिलियन युरो भन्दा बढीको सम्झौता हुने भएको हो । लामो समयदेखि म्यानचेस्टर युनाइटेडका पल पोग्बालाई रियलले अनुबन्धन गर्ने प्रयास गरेपनि सफल भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्