Logo

ओलीले भने, वामदेव जी तपाईँ कास्कीबाट चुनाव लड्नुस्



Spread the love

१९ साउन, काठमाडौं । नेकपा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई, रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले गौतमलाई भनेको भनाई लाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तपाईँ कास्कीबाट चुुनाव लड्नुस् । पार्टीले तपाइलाई जिताउन पुरै कोसिस गर्नेछ र त्यो सम्भव पनि छ’ ।

बालुवाटार स्रोतका अनुसार केही दिन अगाडि बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् ।

पार्टी र रविन्द्र अधिकारीको परिवारको निर्णय अनुसार आफू उपचुनाव लड्न तयार हुने, प्रधानमन्त्रीको प्रस्तावले मात्र उपचुनाव लड्ने निर्णय दिन नसकिने गौतमको विचार छ ।

बर्दिया जिल्लाको १ नम्बर चुनाव क्षेत्रमा काङ्ग्रेसका प्रतिद्वन्दी सङ्ग पराजित भएका गौतमले यस अघि काठमाडौँ, डोल्पा र प्युठानबाट उपचुनाव लड्ने इच्छा व्यक्त गरेपनी पाटीभित्र सहमति जुट्न नसक्दा उपचुनाव लड्ने उनको चाहना अधुरै रहेको थियो ।

प्रधानमन्त्री एवम नेकपा पार्टीका अध्यक्ष ओलीले नै गौतमलाई चुनाव लड्नमा अवरोध गरेको आशङ्का गरिएको थियो । कास्कीबाट चुनाव लड्न प्रस्ताव राखेर प्रधानमन्त्री ओलीले त्यो आशङ्कालाई चिरेका छन् ।

प्रतिक्रिया दिनुहोस्