Logo

भट्टराईले दिए ‘पीएचडी’ का विद्याथीलाई ‘लेक्चर’



Spread the love

१८ साउन, काठमाडौँ l आज बिहान समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई ‘लेक्चर’ भूमिकामा थिए । आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर संयोजक भट्टराईले शिक्षाथीलाई लेक्चर दिएका हुन् ।

संयोजक भट्टराईले त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई ‘नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा ‘लेक्चर’ दिएका हुन् l

उनको प्रस्तुतिमा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चरित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषयमा भट्टराईले विद्यार्थीलाई पढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्