Logo

चाकडी गरेर मन्त्री पद हासिल गरेको होइन : मन्त्री यादव



Spread the love

१८ साउन, भैरहवा l उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तेल आपूर्तिमा कुनै समस्या नहुने बताएका छन् । मन्त्री यादवले सरकारले आपूर्तिलाई सहज बनाउँदै लगेको बताए ।

नेपाल आयल निगमले भैरहवामा पुनर्निर्माण गरेको पेट्रोल पम्पको शुक्रवार उद्घाटन गर्दै मन्त्री देशमा सुशासन कायम गर्नका लागि व्यवसायीहरूले छोटो समयमा काम गराउने नाममा पाँच पैसा पनि कसैलाई दिन नहुने बताएका छन् ।

उनले भने, ‘केही व्यवसायी साथीहरूले हाकिमले घुस माग्यो भन्नुहुन्छ, तर पैसा म दिन्छु हाकिमलाई गएर दिनुस् भन्दा उहाँहरूले नाकमुख समेत देखाउन छोड्नुभयो, पछि बुझ्दा त तेल बढी पाइन्छ भन्ने उहाँहरूको मानसिकता रहेको पाइयो । उनले कुनै कर्मचारीले पैसा मागे ५ पैसा नदिई आफूहरूलाई जानकारी दिन आग्रह गरे ।’

स्वयं मन्त्री पदबाट हटेपछि हाकिमले पिरोल्छ भन्ने नसोच्न व्यवसायीहरूलाई आग्रह गर्दै मन्त्री यादवले भने, ‘म मन्त्री पदबाट हटे पनि सांसदबाट त कसैले हटाउन सक्दैन, फेरि मन्त्री जो भए पनि हाम्रै पार्टीको सरकार छ ।’

आफूले कुनै चाकडी गरेर मन्त्री पद हासिल नगरेकोले स्वयं बाधक भए पद त्याग्न तयार रहेको प्रधानमन्त्रीलाई समेत भनिसकेको यादवले बताएका छन् l उनले भने, ‘आयल निगममा भ्रष्टाचार छ भन्ने कुरा आउँछ, आफूले भ्रष्टाचार गर्दिनँ भनेर मात्र नहुँदो रहेछ, वरिपरि भ्रष्टाचारी छन् कि छैनन्, त्यसमा ख्याल राख्नुपर्छ l ‘

भारतको अगाडि नझुकेको कुनै सरकार नै नभएको मन्त्री यादवले बताए l उनले भने, ‘भारतको अगाडि नझुकेको, आरोप नखपेको अहिलेसम्म कुनै सरकारै बनेको छैन । एउटा पनि पाउनुहुन्न, के सबै हामी सबै इन्डियाको दलालै हौँ त?’

प्रतिक्रिया दिनुहोस्