Logo

सभापति देउवा सिङ्गो पार्टीको सभापति भएर पनि गुटको नेता जस्तो देखियो : नेता कोइराला



Spread the love

१८ साउन, काठमाडौँ l नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्वयं कुनै पनि गुट वा उपगुटमा नरहेको बताउँदै सभापति शेरबहादुर देउवा सिङ्गो पार्टीको सभापति भएर पनि गुटको नेता जस्तो देखिएको बताएका छन् ।

नेपाली जनसम्पर्क समिति डेनमार्कले सञ्चालन गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित जनाउँदै नेता कोइरालाले अहिलेको प्रमुख प्राथमिकता काँग्रेसलाई मजबुत र एक बनाउनु रहेको बताए ।

नेपाली काँग्रेसको भावी सभापतिको उम्मेदवारका रूपमा हेरिएका कोइरालाले देश तथा विदेशमा रहेका कार्यकर्ताहरूसँग वार्ता गरेर मात्रै आफ्नो मन्तव्य बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्