Logo

कारगार भित्र साथीको हात्य गर्ने महतो भन्छन परमात्माले भनेर मारेको हुँ



Spread the love

१८ साउन, काठमाडौँ । ललितपुरको नख्खु कारागारभित्र कैदी कैदी बिच भएको झडपमा एक जना कैदीको ज्यान गएको छ । शुक्रवार कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले साथी पूर्णबहादुर राजीको कारागारभित्रै हत्या गरेपछि कैदीबन्दीमा त्रास सिर्जना भएको छ ।

मनोसामाजिक अस्पताल भएकाले नख्खुमा देश भरिबाट ४ सय भन्दा बढी मानसिक रोगी कैदी बन्दी छन् ।

राजी र महतो नयाँ ब्लकको दक्षिणपट्टि घाम ताप्दै जुम्रा मारेर बसिरहेका थिए । ‘सधैँसँगै बस्ने र मिल्ने भएकाले यस्तो होला भनेर कल्पनै गर्न सकिने अवस्था नै थिएन’,भन्दै नख्खु कारागारका जेलर वेदप्रकाश अर्यालले फेरी भने सुरक्षा चुनौती हुनसक्ने भएकाले घटनपछि महतो लाई छुट्टै कोठामा राखिएको छ ।‘गोली घर त होइन तर, अन्य कैदीबन्दीबाट टाढा हुने गरी छुट्टै कोठामा राखेका छौँ ।’

दिउँसो करिब २ बजे एक्कासि भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेपछि सुरक्षाकर्मी र अन्य कैदी बन्दी छुट्टयाउन पुगेका थिए । तर, टाउकोमा गहिरो चोट लागेका कारण वीर हस्पिटलमा उनको मृत्यु भयो । अहिले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतले घटनाका बारेमा महतोसँग प्रारम्भिक सोधपुछ गर्दा उनले अनौठो जवाफ दिएका छन् । उनले कुनै गल्ती नै नगरे झैँ गरी निर्धक्कका साथ भने ‘ परमात्माले भनेकाले मारेको हु’ ।

ललितपुरका डिएसपी नारायण चिमरियाका अनुसार, राजी कारागारमै भएकाले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राख्नु पर्दैन । तर, आवश्यकता अनुसार बयान र अदालत उपस्थित गराउन कारागारबाट बाहिर ल्याउन सकिन्छ । ‘जेलमै भएकाले म्याद थप गरिरहनु पनि परेन’, उनले सुनाए, ‘अरू सबै प्रक्रिया उही हुन् ।’

प्रतिक्रिया दिनुहोस्