Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आजै सिङ्गापुर जाने



Spread the love


१८ साउन, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछी प्रधानमन्त्री केपी ओली शर्मा स्वास्थ्य परीक्षणका लागी शनिवार (आज) सिङ्गापुर जाँदै छन् । राती ९:४५ बजे सिल्क एयरमार्फत सिङ्गापुर जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीको करिब १ साता स्वास्थ्य परीक्षण हुनेछ । ओलीसँगै उनका निजी डाक्टर दिव्यासिंह शाह लगायतका व्यक्तिहरुपनी सहभागी हुनेछन् ।

देशको ढुकुटीले विदेशमा गएर उपचार गर्ने नेता भनेर समेत आलोचित भएका नेता ओली प्रधानमन्त्री भएपछि नियमित स्वास्थ्य परीक्षणका लागि विदेश गएका छैनन् । यसअघि स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डिओथोरासिक एण्ड भाष्कुलर सेन्टरमा भर्ना नै भएर उनले उपचार गराएका थिए ।

सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालबाट मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली बेलाबेलामा दिल्ली र थाइल्यान्ड पुगेर स्वास्थ्य परीक्षण गराउँछन् ।

प्रतिक्रिया दिनुहोस्