Logo

तोकिएको काम पुरा नगर्ने कमचारीलाई कडा कारबाही : मन्त्री पण्डित



Spread the love

१७ साउन, काठमाडौँ l सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् ।

मन्त्री पण्डितले कामको क्षमता नभएका कमचारीलाई पनि बिदा दिने स्पष्ट पारे । आज मन्त्रालयद्वारा सञ्चालन वार्षिक कार्य प्रगति समीक्षात्मक बैठकमा उपस्थित जनाउँदै उनले तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कुनै किसिमको छुट दिन नसकिने पनि बताए l

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गरेको सम्झाउँदै त्यसलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरूलाई सचेत गराए ।

दिइएको काम पूरा नगरे सम्बन्धित कर्मचारीमाथि कडा कारबाही हुने मन्त्री पण्डितको चेतावनी थियो ।

मन्त्री पण्डितले समायोजनामा गएका कर्मचारीहरूको तह र श्रेणीको तलबमा देखिएको समस्या एक हप्ताभित्र समाधान गर्ने आश्वासन दिँदै कर्मचारीहरूको सुविधामा पनि कुनै किसिमको समस्या नहुने तर तोकिएको जिम्मेवारी पूरा नगरे कडा कारबाही हुने पनि स्पष्ट पारेका छन् ।

पछिल्लो वर्ष आफ्नो मन्त्रालयले व्यवस्थाकीय काममा उल्लेख्य प्रगति गरेको दाबी गर्दै चालू आर्थिक वर्षमा विकास, निर्माणको कामलाई तीव्रता दिने पनि मन्त्री पण्डितले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्