Logo

मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह



Spread the love

१७ साउन, काठमाडौँ l आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा उनीहरूबिच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श पनि भएको थियो ।

मन्त्री ज्ञवालीले नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएकाले मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमै लगानी गर्न अनुरोध गरेका हुन् l

४ महिना पश्चात् आरम्भ हुने नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणका निम्ति मोरक्कोका नागरिकलाई अभिप्रेरित गर्न मन्त्री ज्ञवालीले आग्रह गरेका छन् ।

बहुपक्षवादलाई प्रवद्र्धन गर्दै नेपाल र मोरक्कोबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीच साझेदारी एवं सहकार्य भइरहेको मन्त्री ज्ञवालीले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्