Logo

साउन महिनाभित्र पार्टी एकता टुङ्गिन्छ : माधवकुमार नेपाल



Spread the love

१७ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले साउन महिनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताए ।

एकताको प्रक्रिया सुस्त हुँदा सबैमा चिन्ता बढेकाले सो कार्यलाई जतिसक्दो चाँडो टुङ्गाउन आवश्यक रहेको बताउँदै नेता नेपालले भने, ‘पार्टीभित्र विवाद र बहस हुन्छन्, ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुङ्गाउनु पर्छ ।’

सरकारका कार्य कारवाहीका बारेमा पार्टीभित्रको अनुगमन प्रणालीलाई बलियो बनाएर काम गर्नुपर्नेमा जोड दिँदै नेता नेपालले भने, ‘ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने र भ्रष्टाचार गर्नेलाई कारबाही गर्दै अघि बढ्नुपर्छ । दण्डहीनतालाई प्रश्चय दिने हो भने यथास्थितिमा सुधार गर्न सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्