Logo

कोहली र सचिनको रेकर्ड तोड्दै स्मिथ



Spread the love

१७ साउन, काठमाडौं । अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथले शतक प्रहार गर्दा विराट कोहली र सचिन तेन्दुलकरले टेस्टमा सबैभन्दा थोरै इनिङमा बनाएको सेन्चुरी रेकर्डलाई पछि पारेका छन्। बल टेम्परिङमा परेर १२ महिना प्रतिबन्ध व्यहोरेका स्मिथले शतक सहितको ‘कम ब्याक’ गरेका हुन् ।

स्मिथले १ सय ४४ रन जोडेको यो खेलसँगै उनको २४ औं टेस्ट शतक पूरा भएको छ। उनले १ सय १८ इनिङ्समा २४ शतक पूरा गर्दा तीब्र गतिमा टेस्टमा शतक बनाउने खेलाडीको दोस्रो सूचीमा पुग्न सफल भएका छन्।

टेस्टमा डन ब्रोडम्यानले ६६ इनिङ्समै शतक जोडेका छन्। दोस्रो सूचीमा स्मिथ उक्लिएका हुन्। विराट कोहलीले १ सय २३ र सचिन तेन्दुलकरले १ सय २५ इनिङ्समा टेस्ट म्याचमा २४ शतक पूरा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्