Logo

पहिलो टेष्टको पहिलो दिनको खेल सकिदासम्म अस्ट्रेलिया अगाडी



Spread the love

१७ साउन, काठमाडौं । स्टिभ स्मिथको कमब्याक उत्कृष्ट शतकमा इंग्ल्यान्डसँगको पाँच एशेज टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ ।

पहिलो टेष्टको पहिलो दिनको खेल सकिदासम्म अस्ट्रेलिया २ सय ७४ रनले अगाडी छ । टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलिया पहिलो इनिङमा ८०.४ ओभरमा अल आउट हुँदै २ सय ८४ रनमै समेटियो । उसका लागि स्टिम स्मिथले १ सय ४४ रनको उत्कृष्ट शतक प्रहार गरे ।
त्यस्तै, पिटरले ८५ बलको सामना गर्दै ४४ रन जोड्दा नाथन १२ रनमा नट आउट रहे । ट्रविस हेड ३५,डेविड वार्नर २,क्यामरन बनक्रफ्ट ८,उस्मान खजावा १३,मेथ्युज वेड १,कप्तान टिम पेन ५ रन जोडे ।

इंग्ल्यान्डका लागि स्टावर्ट ब्रोर्डले २२.४ ओभरमा ८६ रन खर्चेर ५ विकेट लिए । क्रिस वोक्स ३,बेन स्टोक्स र मइन अलीको नाममा समान १ विकेट रह्यो । त्यस्तै पहिलो इनिङ सुरु गरेको इंग्ल्यान्डले २ ओभरमा १० रन बनाउदै पहिलो दिन सकिएको छ । उसमा रोय ब्रुर्नस ४ र जेसन रोय ६ रनमा अविजित छन् ।

प्रतिक्रिया दिनुहोस्