Logo

ब्राम्पटन वोल्भीद्वारा सोमपाल सम्मिलित हक्स पराजित



Spread the love

१७ साउन, काठमाडौं । ग्लोबल टि २० क्यानडा अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा ब्राम्पटन वोल्भीले सोमपाल कामी सम्मिलित विनिपेग हक्सलाई ७ विकेटले पराजित गरेको छ ।

हक्सले प्रस्तुत गरेको १ सय १७ रनको विजयी लक्ष्य ब्राम्पटनले १४.३ ओभरमा ३ विकेटको नोक्सानीमा सहजै भेटायो । उसको जितमा कप्तान कोलिन मुनरोले ३१ बलको सामना गर्दै ३ चौका र ४ छक्का सहित अविजित ५३ रन जोडे । त्यस्तै बाबर हायतले ३७ रन बनाए । हक्सका लागि मोहम्मद इफरानले २ विकेट हात पारे ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ सुरु गरेको हक्स १८.५ ओभरमा अल आउट हुँदै १ सय १६ रनमै समेटियो । उसका लागि शैमान अनवारले ३१,सन्नी सोहल १६ र कलिम सनाले २७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

वोल्भीका लागि रोहन मुस्तफा,इश सोधी,शाहिद अफ्रिदी र जहुर खानले समान २ विकेट हात पारे । सोमपाललाई यस खेलमा हक्सले मौका दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्