Logo

पहिलो पटक भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै



Spread the love

१७ साउन, काठमाडौं । नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदैछन् ।

अगष्ट २१ तारिखमा जयशंकर  मन्त्रि भए पश्चात पहिलो पटक दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय वैठकका लागि एस जयशंकर नेपाल आउन लागेका हुन् । भने यस बैठकमा दुई देशीय हितका विषयमा छलफल गर्नुको साथै बाढीडुवानको समस्या लगायतका विषयमा पनि आपसी सहमतिमा निकास निकाल्न प्रयास हुने स्रोतले बताएको छ ।

भारतमा संसद बैठक चलिरहँदा अनिवार्य सहभागीता हुनु पर्ने भएकोले जयशंकरको नेपाल भ्रमणमा केही समय ढिलो हुन गएको भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्