Logo

तीन दिनसम्म चट्याङसहित पानी पर्ने, सतर्क रहन मौसमविदको सुझाव



Spread the love


१७ साउन, काठमाडौँ । शुक्रवार, शनिवार र आइतबारसम्म नेपालका केही स्थानमा चट्याङ पर्ने र पश्चिमी पहाडको एक-दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनु पर्ने मौसमविदले जानकारी दिएका छन् । आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्न सक्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

शुक्रवार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार राति भने पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शनिवार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले अनुमान गरेका छन् ।

आइतबार दिउँसो पनि शनिवार दिउँसोको जस्तै अवस्था रहने छ । तर, राति भने पश्चिमी भू-भागका केही स्थानहरूमा तथा मध्य र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । यो रेखा बिस्तारै नेपाल तर्फ सर्दै आइरहेको छ । त्यसैले हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ । साथै ती क्षेत्रहरूका थोरै स्थानहरूमा वर्षा पनि भइरहेको देखिन्छ । मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ ।

प्रतिक्रिया दिनुहोस्