Logo

काम नगर्ने कसैसँग पनि सम्झौता नगर्ने : मन्त्री पुन



Spread the love

१७ साउन, काठमाडौँ । तेस्रो चौमासिक एवम् वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहीबार ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिएका हुन् । उनले जनताको अपेक्षालाइ पुरा गर्न आफुपनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अगाडी सारेका योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए । ‘अब प्रकिया मात्र भनेर हुँदैन,तपाइहरूले तालिका बनाएरै काम गार्नुपर्यो । सरकारले अघि सारेका कामलाई सफल पार्नु हामी सबैको दायित्व हो’ मन्त्री पुनले भने ।

‘काम नगर्ने हो भने पद ओगटेर मात्र बस्न कसैलाई पनि छुट छैन, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन ।’ मन्त्री पुनले कडा शब्दमा भने । आफू झन्डा हल्लाउन मात्रै मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिए ।

‘चिनेका साथीभाइ हुन् काम गरिहाल्छन् नि भनेर मैले भन्ने अवस्था छैन, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ’ भन्दै काम नगर्ने कर्मचारीसँग आफूले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारे । अब हरेक महिना मन्त्रालयमा समीक्षा बैठक राखेर कामको प्रगति विवरण लिने बताए ।

प्रतिक्रिया दिनुहोस्