Logo

अन्ततः ब्राजिल फर्के ड्यानि आल्भेस



Spread the love

१७ साउन, काठमाडाैँ – ब्रजिलका कोपा अमेरीका विजेता कप्तान ब्राजिल फर्किएका छन् । पछिल्लो समय फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनबाट व्यवसायिक फुटबल खेलेका ड्यानि आल्भेस अब ब्राजिलियन क्लब साओ फाउलोसँग अनुबन्धित भएका छन् ।

ब्राजिलको सिरि ए क्लबसँग आल्भेसले ३ वर्षे सम्झाैता गरेका छन् । अब उनी २०२२ सम्म पाउलोका खेलाडी भएर खेल खेल्नेछन् ।

बार्सिलोनाबाट बाहिरिएपछि  आल्भेस र क्लब बिच लामो सम्झौता हुन सकेको थिएन् । आल्भेसले युभेन्टसमा १ सिजन बिताए त्यसपछि पिएसजी लागेका उनले त्यहाँ २ वर्ष बिताए र क्लबबाट बिदा लिएता पनि अझै पनि युरोपमा खेल्ने इच्छा बाँकी रहेताको दर्शाएका थिए ।  तर, युरोपियन क्लबहरुले लामो सम्झौता गर्न नमानेपछि उनले अन्ततः ब्राजिलियन सिरी ए क्लब साओ पाउलोसँग २०२२ सम्मको लागि सम्झौता गरेका हुन् ।

आल्भेसले क्लबहरुसँग लामो सम्झौता यस कारण चाहेको थियो कि उनि अझै २०२२ कतार विश्वकपमा टिमको प्रतिनिधित्व गर्न चाहान्छन् । पछिल्लो समयमा आल्भेसले आँफु बार्सिलोना जान चाहेकोसम्म बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्