Logo

सेनाबाट भागेका पुर्व माओवादी लडाकुलाई १० वर्ष जेल



Spread the love

१६ साउन, काठमाडौं । सेनाबाट हतियार सहित भागेका गोरखा, आरुघाट–९ का शक्ति गुरुङ (विक्रम) लाई सैनिक समरी जनरल अदालतले आइतबार जेल सजाय सुनाएको हो । विक्रम संवत् २०६३ साल साउन ३० गते हतियार सहित नेपाली सेनाबाट भागेर जनमुक्ति सेनामा प्रवेश गरेका थिए .  गुरुङ लाई सोही कसुरमा सैनिकबाट भागेको १३ वर्षपछि सैनिक अद्दलतले १० वर्ष जेल सजाए तोकेको छ .

सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सैनिक ऐन, २०६३ मा भएको हातहतियार, गोलीगठ्ठासहित भगौडा सम्बन्धी कसुरमा गुरुङ विरुद्ध मुद्दा चलेको थियो ।कसुरको छानबिनका बनेको कोर्ट अफ इन्क्वायरीले अनुसन्धानपछि गुरुङलाई दोषी ठहर्‍याएको थियो । त्यसपछि सेनाका एक सहायक रथीको अध्यक्षतामा समरी जनरल सैनिक अदालत गठन भएको थियो ।

समरी अदालतले पनि दोषी ठहर्‍याएपछि उनलाई ७ साउनमा सैनिक प्रहरीले पक्राउ गरी कालीबहादुर गण, चितवन पुर्‍याएको थियो । गुरुङ विरुद्ध चितवनमै कोर्ट मार्सल भएको हो । अदालतको फैसलालाई ९ साउनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि गुरुङलाई जिल्ला कारागार चितवन पठाइएको छ । सैनिक स्रोतका अनुसार गुरुङले द्वन्द्वको समयमा ४ सय ५० वटा गोली लिएर भागेको पुष्टि भएको थियो ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेनाले गएको फैसला न्यायोचित नभएको र पूर्व माओवादीले पनि सेनाको फैसला विरुद्ध नबोलेको  गुरुङका परिवारको गुनासो छ । समरी अदालतको फैसला चित्त नबुझे फैसला भएको ३५ दिनभित्र  गुरुङले विशेष अदालत जान सक्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्