Logo

नदीले बगाउँदा १ विद्यार्थी बेपत्ता



Spread the love

१६ साउन, मेलम्ची । बलेफी गाउँपालिका–७ मा ले बगाउँदा एक विद्यार्थी बेपत्ता भएका छन् ।

बेपत्ताहुनेमा विजय नेपाल रहेका छन् । उनको विद्यालयमा बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि खोलामा जाने क्रममा बेपत्ता भएका हुन् ।

बेपत्ता रहेका विजय को प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

विजय बालशिक्षा माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्