Logo

अज्ञात समूहद्वारा बाँकेमा एनसेलका दुई टावरमा आगजनी



Spread the love

१६ साउन, नेपालगञ्ज ।बाँकेमा अज्ञात समूहले दुईवटा एनसेल टावरमा आगजनी गरेको छ ।

बुधबार मध्यरातमा नेपालगञ्ज–२० मनिकापुरको नयाँबस्ती र डुडुवा–४, कम्दीको मेहमानपुरको एनसेल टावरमा आगजनी गरिएको हो ।
उक्त समुहले जुटको बोरामा पेट्रोल छर्केर आगो लगाईएका कारण आगोले टावरको तारहरु जलेका छन् । क्षतिको विवरण भने आइसकेको छैन ।
यस टावरमा आगजनी विप्लवकै कार्यकर्ताले गरेको प्रहरीको आंशका रहेको छ । भने आगजनी गर्ने व्यक्तिको खोजी भईरहेको बाँके प्रहरीका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्