Logo

राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धनमा हामी सघाउन तत्पर छौँ : अर्थमन्त्री खतिवडा



Spread the love

१६ साउन, काठमाडौँ l भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

भन्सार विभागले आज बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा सहभागिता जनाउँदै अर्थमन्त्री खतिवडाले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताए ।

अर्थमन्त्री खतिवडाले सरकार प्रत्येक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न क्रियाशील रहेको बताउँदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नयनका निम्ति कानुनी एवं संरचनागत सुधारमा लागेको पनि बताएका छन् ।

उनले राष्ट्रिय पुँजी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै भन्सार र व्यापारका पूर्वाधार निर्माण गर्न र सुस्तगतिमा भइरहेको औद्योगिकीकरणलाई दु्रतगतिमा बृदी गर्न सार्वजनिक निजी साझेदारी आवश्यक भएको विचार प्रकट गरेका छन् ।

उनले भने, “कर सुविधा प्राप्त एवं संरक्षित क्षेत्रमा लगानी गरेर उद्योग व्यवसायलाई बढावा दिनेतर्फ लाग्नुहोस्, राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धनमा हामी सघाउन तत्पर छौँ ।” चोरी निकासी पैठारी नियन्त्रणमा इमान्दारीपूर्वक लाग्न सम्बद्ध पक्षलाई निर्देशन पनि अर्थमन्त्री खतिवडाले दिए ।

प्रतिक्रिया दिनुहोस्