एपीवान एचडीबाट प्रसारण हुँदै आएको चर्चित नेपाली सिंगिङ रियालिटी शो नेपाल आइडल २ को फाईनल नेपालमै हुने भएको छ । यसअघि पहिलो सिजन कतारमा हुँदा धेरै दर्शकहरुले कार्यक्रम हेर्न नपाएको गुनासो गरेका थिए सम्भवत सोही कारण पनि आयोजकले यस पटक नेपाल आइडल २ को फाईनल नेपालमा नै गर्ने भएको छ ।
नेपाल आइडलको फाईनल ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा कार्यक्रम हुने आयोजकले जनाएको छ । पुष ६ गते हुने फाईनलको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाई छ ।
फाईनलमा पोखराका बिक्रम बराल ,झापाका सुमित पाठक , अस्मिता अधिकारी र धनगढीका रवि ओड गरी चार जना फाईनलमा पुगेका छन् । उनीहरुमा कसले नेपाल आईडल सिजन २ को उपाधी जित्ला भन्ने चौतर्फी र चर्चा र उत्सुकताकाबीच फाईनलको प्रतिक्षा धेरैले गरिरहेका छन् ।
बिजेता हुनेले २० लाख नगद , होन्डा डब्लुआरभी कार , एउटा एल्बम , वल्र्ड टुर वा ५० लाख नगद पाउँनेछन् । अन्तिम प्रतिष्पर्धामा जसले भोट धेरै ल्याउँछ उसलै उपाधी चुम्नेछ । बिक्रम र सुमित दुबै जना गोल्डेन माईक पाएका प्रतिष्पर्धीहरु हुन् । शोको जज न्युह् बज्रचार्य , कालीप्रसाल बास्कोटा र इन्दिरा जोशी रहेका छन् ।