Logo

काठमाडौं उपत्यकामा रातीभन्दा दिउँसो बढी चोरी, ५ सय चोर सक्रीय



Spread the love

२५ असोज, काठमाडौं- काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रीय रहेका पाइएको छ । महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाट लगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी व्यक्ति पेशेवर चोरका रुपमा सक्रीय छन् ।

पछिल्लो तीन बर्षमा देशभर ५ हजारभन्दा बढी चोरीका घटना दर्ता भएकोमा १ हजार ५ सयभन्दा बढी चोरी काठमाडौं उपत्यकामा भएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको अभिलेखमा उल्लेख छ ।

श्रृङ्खलावद्ध चोरीका घटनामा अदालतबाट धरौटीमा छुटेका तथा कैद सजाय भुक्तान गरेका व्यक्ति संलग्न रहँदै आएको प्रहरीले जानकारी दिएको छ् । अझ अच्चम्मको कुरा त के छ भने, रातीभन्दा दिउँसो बढी चोरी हुँदै आएको छ । त्यसमा पनि चोरी कार्यमा १६ बर्ष मुनिका किशोर/किशोरीको संख्या बढ्दै छ ।

प्रतिक्रिया दिनुहोस्