Logo

पहिलो नेपाल आइडल बुद्ध लामा अस्पताल भर्ना



Spread the love

काठमाडौँ–  यतिबेला दोस्रो नेपाल आइडल सीजन २ निकै रोमान्चक ढंगले चलिरहेको छ । उत्कृष्ट प्रतिस्पर्धीहरुबाट सर्वाेत्कृष्ट खोज्ने प्रयास जारी छ ।  तर यती नै बेला पहिको नेपाल अाइडलका बिजेता बुद्ध लामा भने अस्पताल भर्ना भएका छन् ।

उनलाई सोमबार बिहानैदेखि सामान्य ज्वरो आएको थियो । उनी त्यसलाई वास्ता नगरी आफ्नो नयाँ गीत रेकर्डिङका लागि स्टुडियो पुगेका थिए । तर, ज्वरो बढ्दै गएपछी रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर गएका उनी आगँनमा पुगेलगत्तै बेहोस भएका थिए ।

बेहोस भएर लडेका लामालाई तुरुन्तै नर्भिक अस्पताल लगियो र त्यहा भर्ना गरिएको छ । अहिले नर्भिक अस्पतालमा उनको उपचार चलिरहेको छ । उनको रगतमा समस्या देखिएको नर्भिक अस्पताल श्रोतले जनाएको छ ।
चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पनि चिकित्सकहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्