न्यु समिट कलेजको आयोजनामा भइरहेको प्रथम त्रिभुवन विश्व विद्यालय अन्तर कलेज बिएसी सिएसआईटि बास्केटबल प्रतियोगितामा आयोजक टिम न्यु समिट, बर्नहार्ट कलेज, पाटन बहुमुखी क्याम्पस र टेक्सास सेमिफाईनलमा प्रवेश गरेका छन् ।
आज आइतबार भएको पहिलो क्वार्टर फाइनल खेलमा न्यु समिट कलेजले एबर्डीन कलेजलाई ४९–३६ को स्कोरमा हराउँदै अन्तिम चारमा स्थान बस्न सफल भएको छ भने पहिलो क्वार्टरमा ६–८ ले गुमाएको न्यु समिटले दोस्रो र तेस्रो क्वाटरमा उत्कृष्ट प्रदर्शन गदै १७–४,१०–८ ले आफ्नो पक्षमा पारेको छ ।
दुवैले निर्णायक चौथो क्वाटरमा १६–१६ बराबरी खेल पछि समिर तामाङको उत्कृष्ट प्रदर्शनमा न्यु समिटले समग्रमा १३ अंकको जित निकालेको हो । तामाङले सर्वाधिक १८ स्कोर गरेका थिए ।
त्यस्तै दोस्रो क्वार्टर फाइनल खेलमा बर्नहार्टले हिमालय कलेजलाई ४५–२१ को स्कोरमा स्तब्ध बनाउदा सागर श्रेष्ठले सर्वाधिक २४ स्कोर गरे । पहिलो क्वाटरमा ५–९ ले पछि परेको बर्नहार्टले अन्य क्वार्टर १४–१,११–५ र १५–६ ले आफ्नो पक्षमा पादै समग्रमा २४ अंकको जित निकाल्यो ।
तेस्रो क्वाटरफाईनल खेलमा पाटन बहुमुखी क्याम्पसले एसीएचएस कलेजलाई ०–३,४–३,१४–६ र १५–१० को क्वाटरमा रोक्दै समग्रमा ३३–२२ स्कोरमा पछि पार्यो ।
चौथो क्वाटरफाईनल खेलमा टेक्सासले सगरमाथा कलेललाई ३०–२० को स्कोरमा हराउँदा मनन तामाङले सर्वाधिक ९ स्कोरको योगदान दिए । टेक्सासले ८–६, ७–२, ४–९ र ११–३ को क्वार्टर खेल्दै समग्रमा १० अंकको जित निकालेको थियो ।
पाटन क्याम्पसको जितमा सुजल महर्जनले सर्वाधिक ९ स्कोर गरेका थिए ।
सोमवार हुने सेमिफाईनल खेलमा टेक्सासले बर्नहार्ट र पाटनले न्यु समिटसग प्रतिस्पर्धा गर्ने छन् ।
प्रथम त्रिभुवन विश्व विद्यालय अन्तर कलेज बिएसी सिएसआईटि बास्केटबल प्रतियोगितामा सल्लेरी खबर अनलाइन मिडिया पार्टनर रहेको छ ।