सल्यानको कपुरकोटमा आज एकै दिनमा १६ लाख ३४ हजार रुपैयाँ भन्दा बढीको तरकारी र फलफुल बिक्री भएको छ । प्रत्येक हप्ता मंगलबार र शुक्रवार तरकारी हाटबजार लाग्दै आएको कपुरकोटमा किसानहरूले आफूले उत्पादन गरेको तरकारी र फलफुल उचित मूल्यमा बिक्री गर्दै आएका छन् ।
हाट बजारले किसानहरूलाई धेरै फाइदा पुगेको तरकारी बिक्री गर्न आएका किसान धनबिर बुढाले बताए । कपुरकोट तरकारी बजारमा आउने तरकारी तथा फलफुल देशका विभिन्न ठाउँ देखि भारत सम्म निर्यात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्