ललितपुर महानगरपालिका-२ सुन्दरीघाटमा रहेको चाइनिज कार्यालयमा काम गर्ने चिनियाँ नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय लेन जोनको रहेको बताईएको छ ।
कार्यालयमा सिसा राखिएको चाङको जाँच गर्ने क्रममा सिसा खसेर जोनलाई काटेको थियो । सिसाले काटेर गम्भीर घाइते भएका उनलाई बल्खुस्थित बयोदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्