Logo

मदिराबाट एक अर्ब ६२ करोड राजश्व संग्कनल



Spread the love

मोरङमा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४÷७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क कर बुझाएका छन् ।

मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डिका डिष्ट्रिलरी प्रालिले रु २४ करोड १७ लाख अन्तशुल्क कर बुझाएको छ भने मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रकम भुझायो त्यस्तै बूढीगङ्गामै रहेको गोल्डेन लिकर्स प्रालिले रु २५ करोड ६५ लाख अन्तशुल्क बुझाएको आन्तरिक राजश्व कार्यालय विराटनगरले जानकारी दिएको छ ।

कार्यालयले अन्तशुल्क कर चुहावट रोक्नका लागि मदिरा उद्योगमा कर्मचारीलाई खटाएर अनुगमनलाई तीव्र पारेको छ  त्यस्तै मदिरा उद्योगले मदिरा उत्पादन र निकासी गरेबापत अन्तशुल्क कर बुझाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्