खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्तारको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ ।
साउदी, कतार, मलेसियामा ५,१० बर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता राम्रो कमाई हुने देश पस्ने लोभमा युवा फस्ने गरेका हुन् ।
यी ठाउँमा गतिलो काम पाइने आशमा वैदेशिक रोजगारीमा रहेका युवाले तस्करलाई २ लाख ५० हजारदेखि ७ लाखसम्म बुझाउने गरेका छन् ।
तर, पैसा बुझाईसकेपछि ती ठाउँमा जान नपाएका वा अवैध तरिकाले पुगेर फर्किनेको संख्या बढेको प्रहरीको भनाई छ ।
प्रहरीमा आएका उजुरीले पनि त्यहि देखाउँछ भन्ने खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्