प्रधानमन्त्री केपी शर्मा ओलीले वायोग्यास उद्घाटन गरेका छन् ।
विराटनगर महानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास आज प्रधान मन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै उनले भने
ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको र ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’
उक्त वायोग्यास बाट ३२ घर दुरी लाभांवित भएका छन् ।
यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गरे ।
प्रतिक्रिया दिनुहोस्