अदालतले कम्पनीलाई भेदभावको मामलामा दोषी ठहर गर्दै ४० हजार क्रोनर अर्थात् पाँच लाख २९ हजार रुपैयाँ जरिवाना लगायको छ ।
यो घटना हो स्विडेनको ।
स्विडेनको एक कम्पनीमा मुस्लिम युवतीको अन्तर्वार्ता लिइरहेका व्यक्तिले जबर्जस्ती उनीसँग हात मिलाउने कोसिस गरे । युवतीले हात मिलाउन अस्विकार गरिन र उनलाई जागिर दिइएन ।
युवतीले भनिन्, ‘धामिर्क भावनासँगको खेलबाड सह्य छैन’:
उपासला काउन्टी (स्टकहोम) निवासी २४ वर्षे फराहले आफू अल्पसंख्यक समुदायको हुँदा हुँदै पनि हार नमानेको बताइन् । उनले कसैलाई पनि दुःख दिन नचाहेता पनि धार्मिक भावनासँगको खेलबाड असह्य भएको बताइन् ।
युरोपका केही देशहरुमा हात मिलाउने परम्परा निकै ब्यापक छ, तर पनि केही मुस्लिम महिलाहरु पुरुषहरुसँग हात मिलाउन चाहँदैनन् ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्