Logo

महाकालीको पुलमा सवारीसाधन अवागमनमा निषेध



Spread the love

गएरातिदेखि परेको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि
गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारीसाधनको अवागमलाई निषेध गरेको छ ।

 

त्यस्तै भारतीय पक्षले आइतबार दिउँसो १२ वजेपछि पुलमा चार पाङ्ग्रे सवारीसाधनको अवागमनमा रोक लागाएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाडी आवातजावत बन्द गर्दै आएको छ ।

चार पाङ्ग्रे सवारीसाधनको अवागमन बन्द गरिए पनि पैदल यात्रु र मोटरसाईकललाई भने चल्न दिएको इलाका प्रहरी कार्यालय गडडाचौकीका प्रहरी नायब निरीक्षक डिकर देब पन्तले जानकारी दिए ।

मध्यान्ह १२ वजे महाकाली नदीमा पानीको बहाव एक लाख ८ हजार क्युसेक मापन गरिएको उनले बताए । नदीमा पानी को बहाव बढे संगै नदिकिनारका बासी लाई सचेत रहन आग्रह गरिएको प्रहरी नायब निरीक्षक पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्