गए राति देखि परेको अविरल बर्षाका कारण मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ। हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो।
हनुमन्तेको बाढीले हनुमानघाटस्थित रहेका शान्ति निकेतन मावि आदर्शस्थित सिद्धि स्मृति बाल अस्पताल, परोपकार केन्द्र, राममन्दिरवि, सल्लाघारीस्थित डा. इवामुरा अस्पताललगायत क्षेत्र डुबानमा परेको छ।
त्यस क्षेत्रमा उच्च सतर्कतासाथ बसेको र डुबानग्रस्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।
बिहानीपख वर्षा रोकिएपनि खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले नागरिकलाई सुरक्षित र उच्च सतर्कतासाथ बस्न अनुरोध गरे। उनले हालसम्म क्षतिको विवरण भने आइनसकेको बताए।
प्रतिक्रिया दिनुहोस्