राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।
असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको खबर आजको गोरखापत्रमा छापिएको छ ।
चार लेन फराकिलो र ३८ मिटर लामो सो अन्डरपासको एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्कोतिरको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्