प्रायः लभस्टोरी जनराका फिल्ममा देखिँदै आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई नयाँ फिल्म ‘जाइरा’ मा भने विल्कुलै फरक अवतारमा देख्न पाइने भएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको यो फिल्ममा उनी एक मार्शल आर्ट्स खेलाडीको भूमिकामा देखिँदैछिन् ।मङ्गलवार जायराले आयोजना गरेको विशेष कार्यक्रममा नम्रता विल्कुलै फरक अवतारमा उपस्थित भइन् । स्पोर्टी लुक्समा देखिएकी नम्रताले कपाल काटेकी थिइन् ।मंगलवार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मका कलाकारको लुक्स भिन्न शैलीमा सार्वजनिक गरियो । पोष्टरमार्फत् कलाकारको लुक्स सार्वजनिक गर्ने परम्परा विपरित ‘जाइरा’ का कलाकार फिल्मकै गेटअपमा उपस्थित भएका थिए । नम्रताले आफ्नो लोभलाग्दो कपाल काट्नु पर्दा निकै दुख लागेकोका कार्यक्रममा बताइन् । ‘कैची कानसम्म पुग्दा निकै दुख लागेको थियो ।’ नम्रता बताउँछिन् । चलचित्रकै लागी विगत केही महिना देखि नम्रता सिक्स प्याक निकाल्ने तयारी गरेकी थिइन् । उनी ५१ केजी तौल घटाएर ४३ केजीमा पुगेकी छिन् ।पहिलो पटक फरक भूमिकामा देखिन लागेका कारण उनको ओठमा खुसीको मुस्कान छल्किएको थियो । सृजना यस फिल्मकी एन्टागोनिस्ट हुन् । पर्दामा सृजना र नम्रता आमने-सामने हुनेछन् । चलचित्रमा यी दुई बाहेक अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको अभिनय रहेको छ । चलचित्रलाई आशुतोष श्रेष्ठले निर्देशन गरेका हुन् । एक्सन जनरामा बनेको चलचित्र जायरा नारीप्रधान रहेको निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्