Logo

नगरप्रमुख र गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण



Spread the love

२७ असोज, नवलपरासी । मंगलबार नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटका नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल र दाङको तुलसीपुर बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएका छन्।

नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो। रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहेका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू सङ्क्रमित भएको पुष्टि गरेका हुन्।

सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका वडा नं २ का वडाध्यक्ष चिन्तामणि शर्मासहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्