Logo

कोरोना संक्रमणबाट उपचाररत थप ६ जनाको मृत्यु



Spread the love

२७ असोज, काठमाडौं। कोरोना संक्रमणबाट थप ६ जनाको ज्यान गएको छ । मोरङ र रुपन्देहीका दुई–दुई चितवन र सर्लाहीका एक–एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा बुटबल उपमहानगरपालिका ३ निवासी ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति भरतपुर महानगरपालिका १० का ७८ वर्षीय वृद्धको मृत्यु भएको छ । सोही अस्पतालमा उपचारको क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ की ३५ वर्षिया महिलाको पनि ज्यान गएको छ ।

त्यस्तै पुरानो मेडिकल कलेज चितवनमा सर्लाहीको चकरघट्टा गाउँपालिका १ का ३१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

कोशी अस्पताल बिराटनगरमा मोरङ १५ बूढीगंगा गाउँपालिका ५ का ७१ वर्षीय पुरुष र विराट शिक्षण अस्पतालमा सुन्दरहरैंचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको आज ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्